जुट्लान् त कमल थापा र पशुपति शमशेर फेरि एकपटक ?

 कात्तिक २०, २०७५ मंगलबार १६:१३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको भन्दै विभिन्न गुट उपगुटमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः एकीकरण हुने भएको छ ।  

समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीति अनुसार राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता गर्ने सन्दर्भमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच मंगलबार बिहान महत्त्वपूर्ण भेटघाट र वार्ता भएको छ ।

एकताका लागि मंगलबार भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको र एकता प्रक्रियालाई टुंगोमा पुर्याउन वार्ता जारी रहने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

पटक–पटक जुट्दै र फुट्दै गरेर छिन्नभिन्न भएको राप्रपा फेरि एक हुने कुरामा भने नागरिकको आशंका कायम नै छ ।
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया