पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
बलिउड अभिनेता आमिर खान यतिबेला सिनेमा ‘थग्स अफ् हिन्दोस्तान’को प्रमोसनमा व्यस्त छन् ।
यही क्रममा कफी विथ करण सिजन ६ मा पुगेका आमिरले आफ्ना केही निजी कुराहरु पनि खुलासा गरेका छन् । आमिरले दुईवटा विवाह गरेको कुरा त सबैलाई अवगत नै छ । यसका साथै उनले कफी विथ करणमा आफूले एक साथ दुईजनालाई डेट गरेको कुरा पनि स्वीकारेका छन् ।
आमिरले एकै समयमा कस—कसलाई डेट गरेका थिए त्यस बारेमा भने खुलाएनन् । यसका साथै उनले कसैलाई धोका दिनु भएको छ ? भन्ने प्रश्नको जवाफमा धोका दिएको स्वीकारे ।
कार्यक्रममा कुराकानी गर्ने क्रममा उनले आफ्नो पहिलो श्रीमती रीना दत्तासँगको सम्बन्धको बारेमा पनि कुराकानी गरे । कुराकानी गर्दै उनले रीनासँग अलग हुँदाको पल निकै नै पीडादायक भएको बताए ।
आमिरको पहिलो विवाह १६ वर्षसम्म मात्रै टिकेको थियो । त्यसपछि उनले रीनालाई डिभोर्स दिएर किरण रावसँग विवाह गरेका थिए । किरणसँग विवाह गर्न उनले रीनालाई डिभोर्स दिए तर उनी त्यो पलमा खुशी भने नभएको बताएका छन् ।
उनले त्यो पल आफ्नो र रीनाको लागि मात्रै नभएर परिवारको लागि समेत दर्दनाक अवस्था भएको बताएका छन् । कार्यक्रममा अगाडि बोल्दै उनले आफू रीनासँग अलग भए पनि उनीप्रति आफ्नो माया र इज्जत नसकिएको बताएका छन् । रीनालाई एक असल नारी बताउँदै उनले रीनासँग बिताएका ती १६ वर्ष निकै नै विशेष र रमाइलो भएको उल्लेख गरे ।
सन् १९८६ रीनासँग भएको उनको विवाह सन् २००२ मा टुंगिएको थियो । सन् २००२ मा रीनालाई डिभोर्स दिएका आमिरले सन् २००५ मा किरणसँग विवाह गरेका थिए । किरण र आमिरका एक छोरा छन् ।
आमिरकी दोस्रो श्रीमती किरण र पहिलो पत्नी रीनाबीच राम्रो सम्बन्ध छ । यस विषयमा उनले रीना र किरणको सम्बन्धको लागि कहिल्यै पनि आफूले प्रयास गर्नु नपरेको बताए । उनीहरु दुवै जनाले सम्बन्धलाई राम्रो बनाइरहेका छन् ।
आमिरको पहिलो विवाहबाट एक छोरा र एक छोरी छन् । उनीहरु दुवै जना सिनेमामा आउन चाहन्छन् । छोरा जुनैद अभिनयसँगै निर्देशन र फिल्म मेकिङमा रुचि राख्छन् ।
तर आमिरले भने छोरालाई आफ्नो सहारा लिएर हैन कि आफ्नै क्षमताका आधारमा अघि बढ्नु पर्ने सुझाव दिँदै आएका छन् । त्यस्तै आमिरकी छोरी इरा पनि अभिनयमा रुचि राख्छिन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।