चीन र अमेरिकाले संयुक्त जलवायु कार्यदल गठन गर्ने

 कात्तिक ३०, २०८० बिहीबार ८:१:७ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा केन्द्रित एउटा कार्य समूह गठन गर्न सहमत भएका छन् । दुवै सरकारले ऊर्जा सङ्क्रमण, मिथेन, स्रोत दक्षता, कम कार्बन, वन विनाश र दिगो प्रान्त/सहरमा ध्यान केन्द्रित गर्ने बताएका छन् । यसले दुवै देशलाई ठोस जलवायु कार्यहरूलाई गति दिन वार्ता र सहयोगमा संलग्न भएको देखिएको संयुक्त रुपमा सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘दुवै पक्ष मानव जातिको वर्तमान र भविष्यको पुस्ताका लागि हाम्रो समयको सबैभन्दा ठूलो चुनौतीमध्येको एक जलवायु संकटको सामना गर्नका लागि एकसाथ र अन्य पक्षहरूसँग मिलेर काम गर्न सहमत भएका छौँ’ विज्ञप्तिमा भनिएको छ ।

ऊर्जा नीति र रणनीतिमा द्विपक्षीय वार्ता पुनः शुरु गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ । कोप–२८ शिखर सम्मेलनका लागि दुवै देशबीच यसै महिनाको अन्त्यमा दुबईमा भेट हुँदैछ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया