छुवाछुत कसुरमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्षलाई चार महिना कैद

 मंसिर ८, २०८० शुक्रबार ७:४१:३७ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की -  पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय दुर्व्यवहारकाे आरोपमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैस‍ला सुनाएको हो । फैसलामा अधिकारीलाई ३ महिना कैद ५० हजार जरिबाना भनिए पनि जनप्रतिनिधि भएकाले ५० प्रतिशत थप सजाय तोकिएको छ ।

अधिकारीले साढे ४ महिना कैद र ७५ हजार जरिबाना र १० हजार रुपैयाँ पीडित महिलालाई क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ । जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लागेर २०७९ माघ ९ गते १ लाख ५० हजार रुपैयाँ धरौटीमा छुट्नुभएकाे थियाे ।

अधिकारीमाथि पोखरा वडा नम्बर २४ का वडा सदस्य मैया नेपालीले जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप लगाउनु भएकाे थियो । वडा सदस्य नेपालीले वडा अध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै ०७९ पुस २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराउनुभएकाे थियाे ।  

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया