पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - आर्सनल इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डलाई १–० गोलले हराउँदै आर्सनल शीर्ष स्थानमा पुगेको हो । उसका काइ हाभर्टजले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक भयो । उनले ८९औँ मिनेटमा गोल गरेका थिए ।
आर्सनलको १३ खेलका ३० अङ्क भएको छ । यसअघि हिजो भएको खेलमा म्यानचेस्टर सिटी र लिभरपुलले एक/एक गोलको बराबरी खेले । सिटीले एर्लिङ हालान्डको गोलमा लिएको अग्रता जोगाउन सकेन । खेलको ८०औँ मिनेटमा अलेक्जेन्डर अर्नोल्डले गोल गर्दै लिभरपुललाई बराबरी गरे । सिटी २९ अङ्कसहित दोस्रो र लिभरपुल २८ अङ्कसहित तेस्रो स्थानमा छ ।
त्यस्तै, अर्को खेलमा न्युक्यासल युनाइटेडले चेल्सीलाई ४–१ गोलले हरायो । दोस्रो हाफको ७३औँ मिनेटमा रिस जेम्स दोहोरो पहिलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।
न्युक्यासल २३ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । चेल्सी १६ अङ्कसहित १०औँ स्थानमा झरेको छ । अरु खेलमा बर्नमाउथले सेफिल्ड युनाइटेडलाई ३–१ गोलले, ब्राइटनले नटिङ्घम फरेस्टलाई ३–२ गोलले, वेस्ट ह्यामले बर्नलीलाई २–१ गोलले र लुटन टाउनले क्रिस्टल प्यालेसलाई २–१ गोलले हराएको छ ।
प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछन् । नेपाली समय अनुसार बेलुका पौने ८ बजे टोटनहम र एस्टनभिल्ला तथा राति सवा १० बजे एभर्टन र म्यानचेस्टर युनाइटेडबीच खेल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।