यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
पाकिस्तानविरुद्धको पहिलो एक दिवसिय क्रिकेटमा न्यूजिल्याण्ड विजयी भएको छ ।
२६७ रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.२ ओभरमा २१९ रनमा समेटिएपछि न्यूजिल्याण्ड ४७ रनले विजयी भएको हो ।
पाकिस्तानले ८ रन हुँदा लगातार तीन विकेट गुमाएपछि दवावमा आएको थियो । जसमा न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले ह्याट्रिक गर्दै पाकिस्तानलाई पछाडि धकेलेका थिए । २.२ ओभरमा फकर जमामलाई बोल्ड गरेका बोल्टले त्यसपछिको बलमा बाबर आजमलाई सिकार बनाए ।
बाबर योर्कर बलको सिकार हुँदै स्लिपमा रोस टेलरले लिएको क्याचलाई टिभी एम्पाएरले आउट करार गरेका थिए । त्यसपछिको बलमा ह्याट्रिक लिँदा बोल्टले मोहम्मद हफिजलाई एलबी डब्लूको धरापमा पारेका थिए ।
एम्पाएरले पहिला आउट दिए पनि पछि चौथो एम्पाएरको साहारामा आउट दिएका थिए । त्यसपछि सोयब मलिक र इमामुल हकका बीचमा ६३ रनको साझोदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए ।
इमामुल हक ३४ रनमा आउट भएको केही बेरमै सोयब मलिक ३० रनमा पेभेलियन फर्केपछि फेरि पाकिस्तान दवावमा आएको थियो । ८५ रनु हँुदा ६ विकेट गुमाएको पाकिस्तानका लागि इमाम वासिद र सर्फराज अहमदले १०३ रनको साझेदारी गर्दै झिनो आसा कायमै राखेका थिए । सर्फराज ६४ र इमाम ५० रनमा आउट भएपछि पाकिस्तानको सम्भावना सकिएको थियो ।
पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ९ विकेटको नोक्सानीमा २६६ रन बनाएको थियो । उसका लागि रस टेलरले ० रन जोडेका थिए । टम लाथमले ६ रन बनाए । सहेन्सा अफ्रिदीले पाकिस्तानका लागि ४ विकेट लिएका थिए । न्यूजिल्याण्ड पाकिस्तानको होम ग्राउण्ड दुवईमा ३ एक दिवसीय र ३ टेस्ट खेल्न आएको हो ।
पहिलो एक दिवसिय जितेर १–० को अग्रता बनाएको न्यूजिल्याण्डले दोस्रो एकदिवसिय शुक्रबार हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।