ललितपुरसँग बराबरी खेल्दै वीरगञ्जले पहिलाे अङ्क जाेड्याे

 मंसिर १९, २०८० मंगलबार १९:१९:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र वीरगञ्ज युनाइटेडले बराबरी खेलेका छन् ।

आज मङ्गलवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा ललितपुर र वीरगञ्जले २–२ गाेलकाे बराबरी खेले । बुटवलका विलियम ओपाेकुले १० औँ र कृप कान्त महताेले ५२ औँ मिनेटमा गाेल गरे । ललितपुरका इमोह इजिकिएलले १४ औँ र निखिल सुरेशरावले २८ औँ मिनेटमा गाेल गरे ।

याे बराबरीसँगै वीरञ्जले एनएसलमा पहिलाे अङ्क जाेडेकाे छ । शुरुका २ खेल हारेकाे वीरगञ्जले आज ललितपुरसँग अङ्क बाँड्याे । वीरगञ्ज अङ्क तालिकाकाे पुछारमा छ । याे बराबरीसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने माैका गुमाएकाे छ । ललितपुर ४ खेलमा ६ अङ्कसहित दाेस्राे स्थानमा छ ।

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया