दुबईमा जम्मा भएर, मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुँदैन : उपसभामुख राना

 मंसिर २०, २०८० बुधबार १०:४२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उपसभामुख इन्दिरा रानाले दुबईमा जम्मा भएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने टिप्पणी गर्नुभएकाे छ ।

मङ्गलवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले दुबईमा जम्मा भएर, मन्त्रीहरूसँग भेट्दैमा जलवायु परिवर्तनकाे असर कम नहुने बताउनुभएकाे हाे । उहाँले जलवायु परिवर्तनको असर कम गर्नका लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईँहरू को–को गएर आउनुभयो कोप–२८ मा ? जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा धेरै जना जानुभएको छ । धेरै जना दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनकाे असर कम हुने होइन । हामीले भान्साबाट, आफ्नाे गतिविधिबाट जलवायु परिवर्तनकाे असर कम गर्न सक्छाैँ ।’

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ यही मङ्सिर १४ देखि २६ गतेसम्म यूएईकाे दुबईमा भएकाे थियाे । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधमण्डलकाे नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड दुबई जानुभएकाे थियाे ।

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया