बङ्ग्लादेश चुनाव : ‘विपक्षी दलका ५ जना नेताकाे कारागारमा ज्यान गयाे’– बीएनपी

 मंसिर २४, २०८० आइतबार २०:२९:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशमा पछिल्लाे २ हप्तामा प्रमुख विपक्षी दलका ५ जना नेताकाे कारागारमा ज्यान गएकाे अधिकारी र आफन्तहरूले आइतवार बताएका छन् ।

बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले आउँदाे जनवरी ७ मा हुन गइरहेको आमचुनावलाई बहिष्कार गरेको छ । त्याे चुनावबाट वर्तमान प्रधानमन्त्री शेख हसिना पुनः निर्वाचित हुने तय भएको छ ।

बीएनपीका अनुसार अक्टोबर २८ मा राजधानी ढाकामा विपक्षीहरूको एउटा विशाल र्‍यालीपछि भएको ‘अभूतपूर्व कारबाही’ मा पछिल्ला ५ हप्तामा उसका सम्पूर्ण नेतृत्व र २० हजारभन्दा बढी राजनीतिज्ञलाई पक्राउ गरिएको छ । प्रहरीले बीएनपीको गिरफ्तारीको तथ्याङ्कलाई अस्वीकार गरेको छ तर कति विपक्षी कार्यकर्तालाई हिरासतमा लिइएको हो भन्नेबारे कुनै विवरण सार्वजनिक गरेको छैन ।

कैदी परिवारका केही सदस्यसहित बीएनपीका केही समर्थक कार्यकर्ताको रिहाइको माग गर्न आइतवार मध्य ढाकामा जम्मा भएका थिए । गएकाे महिना न्युयोर्ककाे ह्युमन राइट्स वाचले अक्टोबर २८ को र्‍यालीपछि कम्तीमा १० हजार विपक्षी समर्थकलाई पक्राउ गरिएको अनुमान गरेको थियो ।

प्रहरीका अनुसार त्याे र्‍यालीपछि भएको हिंसामा १ प्रहरी अधिकारी र ५ सर्वसाधारणको ज्यान गएको तथा झन्डै ३ सय बसमा आगजनी भएको थियो । यद्यपि बीएनपी र सबैभन्दा ठूलो इस्लामी दल जमात–ए–इस्लामीले कम्तीमा २० जनाकाे ज्यान गएको बताएका छन् । जमात–ए–इस्लामीमाथि गएकाे महिना प्रतिबन्ध लगाइएको थियो ।

बीएनपीले पछिल्ला २ हप्तामा हिरासतमा आफ्ना ५ जना नेताकाे ज्यान गएकाे गणनाा गरेको पार्टीका कानुन प्रमुख कैसर कमालले एएफपीलाई बताउनुभयो । ‘हामी मृत्युको पूर्ण न्यायिक र निष्पक्ष अनुसन्धान चाहन्छौँ, यो गम्भीर छ’, उहाँले भन्नुभयो, ‘राष्ट्रव्यापी कारबाहीमा गिरफ्तार गरिएपछि धेरै बीएनपी कार्यकर्तालाई प्रहरी हिरासतमा प्रताडित गरिएको थियो भन्ने हामीलाई थाहा भएको छ ।’

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया