गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाइरहेको अमेरिकाको टिप्पणी

 मंसिर २७, २०८० बुधबार ८:५५:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा अन्धाधुन्ध बमबारी गरेर इजरायलले विश्वको समर्थन गुमाइरहेको बताउनु भएको छ । इजरायलप्रति अमेरिकाको यो टिप्पणीलाई निकै कडा रुपमा हेरिएको छ । बाइडेनले अमेरिका सदैव इजरायलको साथमा रहेको भने दोहोराउनु भएको छ ।

उहाँले प्यालेस्टाइनको विद्रोही समूह हमासमाथि कारबाहीलाई लिएर कुनै प्रश्न नभएको र यसमा इजरायलको पुरै अधिकार भएको पनि बताउनु भएको छ । तर, मानव जीवनको रक्षाका लागि प्राथमिकता दिन अमेरिकाको आग्रह छ ।

इजरायललाई समर्थन गर्दै आएको अमेरिकाले यस अघि गाजा क्षेत्रमा युद्ध बिराम गर्ने प्रस्तावमा भिटो अर्थात विशेषाधिकार प्रयोग गरेर असफल बनाइदिएको थियो । हमासले आक्रमण गरे पछि इजरायलले गएको अक्टोबरदेखि गाजा क्षेत्रमा आक्रमण गर्दै आएको छ ।

यो आक्रमणमा गाजाका १८ हजार भन्दा धेरैको ज्यान गएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, हमासको आक्रमणमा परेर इजरायलका एक हजार दुई सय जनाको ज्यान गएको छ । 

अन्तिम अपडेट: पुस ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया