गाजा क्षेत्रमा अझै केही महिना युद्ध चल्नेछ : इजरायली रक्षामन्त्री

 मंसिर २९, २०८० शुक्रबार ८:२६:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायलले गाजा क्षेत्रमा अझै केही महिना युद्ध चल्ने जनाएको छ । इजरायलका रक्षामन्त्री योभ ग्यालान्टले एक अमेरिकी शीर्ष अधिकारीलाई गाजामा हमाससँगको लडाइँ अझ केही महिना चल्ने बताएका मन्त्रालयलाई उदृत गर्दै  बीबीसीले जनाएको छ ।

इजरायल भ्रमणमा रहेका अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानलाई भेट्ने क्रममा रक्षामन्त्री ग्यालान्टले युद्ध केही समय चल्ने र त्यसमा विजय प्राप्त हुने दाबी गर्नु भएको खबरमा उल्लेख छ । यसअघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हमास विरुद्धको आफ्नो लडाइँलाई कसैले पनि रोक्न नसक्ने बताउनु भएको थियो । अन्तर्राष्ट्रिय दबाबले पनि युद्ध नरोकिने दाबी गर्दै अन्तिम अवस्था र जित नहुन्जेलसम्म लड्ने उहाँको भनाइ थियो ।


 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया