एन्फा महिला लिगमा वालिङ र एपीएफ खेल्दै
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ – विवाहपञ्चमी महोत्सवको पाचौँ दिन आज शनिवार जनकपुरधाममा मटकोर विधि सम्पन्न भएको छ ।
मटकोरमा जानकी मन्दिरबाट बाजागाजासहित महिलाहरुले जनकपुरधामको ऐतिहासिक गङ्गासागरमा पुगि विवाहको वेदी बनाउनका लागि माटो ल्याएका छन् । महिलाहरुले माटो बोकेर नगर परिक्रमा समेत गरेका थिए । मटकोरको क्रममा गङ्गासागरको डीलमा भजनकीर्तनको कार्यक्रम समेत राखिएको थियो ।
जानकीको प्रतिकको रुपमा रहेकी बालिकालाई लिएर बाजागाजासहित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव गङ्गासागर पुग्नुभएको थियो । वैदिक मन्त्र उच्चारण गरी विधिपूर्वक जानकी मन्दिरमा भित्र्याइएको माटोले रामजानकी विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ । जनकपुरधाममा सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र पाँचाैँ दिन मटकोर कार्यक्रम सम्पन्न भएको हो।
भोलि आइतवार स्वयम्वर तथा विवाहोत्सव र सोमवार रामकलेवा गरी विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।