चिलीमा नयाँ संविधानको लागि दोस्रो जनमत सङ्ग्रह

 पुष २, २०८० सोमबार ६:४७:४३ | एजेन्सी
unn.prixa.net

चिलीमा निरङ्कुसकालको संविधानलाई प्रतिस्थापन गर्ने उद्देश्यले दोस्रो जनमत सङ्ग्रहका लागि मतदान भएको छ । सन् २०२२ को सेप्टेम्बरमा वातावरणीय संरक्षण र वैकल्पिक गर्भपतनको अधिकारलाई सुनिश्चित गर्ने प्रगतिशील मस्यौदालाई मतदाताले अस्वीकार गरेपछि विपक्षी रिपब्लिकन पार्टीले यसमा सामान्य सुधार गरेको थियो ।

बामपन्थी राष्ट्रपति गेब्रियल बोरिकले गएको महिना स्थिरता र दीर्घकालीन विकासमा ध्यान केन्द्रित गर्न संविधान संशोधनको यो अन्तिम प्रयास हुने बताउनुभएको छ ।

निरङ्कुश सैन्य शासक अगस्टो पिनोचेटको समयमा लेखिएको सन् १९८० को संविधानलाई पुनर्लेखन गर्ने प्रक्रिया २०१९ को अक्टोबरमा शुरु भएको जनप्रदर्शनलाई कम गर्ने प्रयासको रूपमा शुरु भएको थियो । सन् २०२० को जनमत सङ्ग्रहमा ८० प्रतिशतले संविधान प्रतिस्थापनको पक्षमा मतदान गरेका थिए ।

सन् १९८० को संविधानले कम्पनीहरू र सम्भ्रान्तवर्गलाई गरिब, श्रमजीवी वर्गको खर्चमा समृद्ध बनाउन सहयोग गरेको आरोप लगाइएको छ । पछिल्ला वर्षहरुमा चिलीमा मूल्यवृद्धि र आर्थिक अस्थिरता सुरक्षा जोखिम बढेको छ ।  

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया