सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – जनकपुरको जानकी मन्दिरमा विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत आज साेमवार रामकलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो ।
विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर, मिठाईलगायतका परिकार खुवाउने परम्परा रहेको छ । याे परम्परालाई मिथिलाञ्चलमा मौहकसमेत भन्ने गरिन्छ । हिजो आइतवार राति वैदिक परम्पराअनुसार प्रतीकात्मक भगवान् राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको हाे ।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले रामकलेवाअन्तर्गत आज सयौँ साधुसन्तलाई ५६ व्यञ्जनको भोजन गराइएको जानकारी दिनुभयो । एक हप्तादेखि विवाह पञ्चमीका लागि भरिभराउ जनकपुरधाम गए राति सीताराम विवाह सम्पन्न भएलगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन् ।
विवाह पञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैँटौँ दिन स्वयम्वर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन आज रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।