एन्फाको सीईओमा तुलाधर नियुक्त, टिकट बिक्रीबाट हुने आम्दानी खेलाडीले पनि पाउने

 पुष २, २०८० सोमबार १९:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुँदा टिकट बिक्रीबाट प्राप्त हुने रकमको २० प्रतिशत रकम खेलाडीलाई दिने निर्णय गरेको छ ।

आज साेमवार बसेको कार्यसमितिको बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा कुनै पनि निःशुल्क पास वितरण नगर्ने र टिकट बिक्रीकाे २० प्रतिशत रकम खेलाडीलाई दिने निर्णय गरेको हो ।

बैठकले शहीद स्मारक 'ए' डिभिजन लिग फागुनको १५ गतेदेखि गर्ने निर्णय पनि पारित भएको छ । यस्तै एन्फाको विशेष साधारणसभा माघको ८ गते काठमाण्डौमा गर्ने निर्णय भएकाे छ ।

बैठकले एन्फाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा इन्द्रमान तुलाधर र कोषाध्यक्षमा प्रवीणकुमार यादव नियुक्त भएका छन् ।

यस्ता छन् बैठकका निर्णय–

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया