सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै - भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणका लागि सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार अर्थ मन्त्रालयबाट निकासा भएको रकममध्ये ९३ करोड रुपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ ।
निकासा भएको रकम जाजरकोटमा ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड रहेकाे छ । अस्ति आइतवार अर्थ मन्त्रालयले एक अर्ब रुपैयाँ निकासा गरेको थियो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार हिजो ९३ करोड रुपैयाँ भूकम्प प्रभावित जिल्लामा पठाइएको छ । यसअघि कोषमा जम्मा भएको रकम पठाइएकोमा अहिले अर्थ मन्त्रालयबाट प्राप्त रकम पठाइएको हो ।
कार्यकारी प्रमुख पोखरेलका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो । गएको कात्तिक २७ को मन्त्रिपरिषद् बैठकले १० अर्ब रुपैयाँ पठाउने निर्णय गरेको थियो । त्यसअनुसार अर्थले एक अर्ब भूकम्प पीडितका लागि निकासा गरेको हो । यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि एक अर्ब ४१ करोड रुपैयाँ पठाइसकेको छ । यसबाट ती जिल्लामा अवास निर्माणको काम थालिएको छ ।
पछिल्लो तथ्याङ्कअनुसार झण्डै ६० हजार लाभग्राहीमध्ये १५ हजारसँग सम्झौता भएकोमा पहिलो किस्ताबापत चार हजार तीन सय ६४ घर निर्माण भइसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।