सार्वजनिक जग्गा संरक्षणमा जुट्दै नुवाकोट तारकेश्वरका स्थानीय

 पुष ३, २०८० मंगलबार ८:४३:१४ | रासस
unn.prixa.net

काठमाण्डाै - देशका विभिन्न भागमा गुठी र सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेका बेला नुवाकोटको तारकेश्वरमा भने स्थानीयको प्रयासमा सरकारी जग्गा संरक्षणको अभियान शुरु गरिएको छ।

तारकेश्वर गाउँपालिका–३ को चन्दनीमा रहेकाे सार्वजनिक जग्गामा सरकारी भवन र केही मन्दिर रहेकामा बाँकी जग्गाको नापनक्सा गरी संरक्षण थालनी भएको स्थानीय कृष्णमान प्रधानले जानकारी दिनुभयो।

चन्दनीका स्थानीयले संरक्षणका लागि समिति गठन गरी पालिकाबाट नापी र मालपोतबाट प्रतिनिधि खटाइ जग्गाको नापजाँच थालेका छन् । सार्वजनिक जमिनमा कुनै व्यक्तिले कुनै संरचना बनाएका भए त्यसलाई हटाउन सार्वजनिक सूचना गरेका छन् ।

जमिनको नापजाँच गरी सार्वजनिक जग्गा कायम गरी साविकबमोजिम बाटो, मन्दिर र उद्यान निर्माणमा सहयोग गर्न स्थानीयले पालिकासँग अनुरोध पनि गरेको स्थानीय प्रधानले बताउनुभयो ।

सरकारी जग्गाका रेखाङ्कन गर्ने क्रममा कुनै निजी भवन बनाएको तथा जग्गा अतिक्रमणमा परेको पाइएमा सार्वजनिक जग्गाको लगत व्यवस्थापन गर्दै सार्वजनिक हितका लागि सामूहिक प्रयास गर्ने स्थानीयको प्रतिबद्धता जाहेर भएको छ ।

पर्यटन प्रवर्द्धनको प्रशस्त सम्भावना भएको चन्दनी र त्यहाँबाट देखिने मनोरम दृश्यसम्बन्धी प्रचारप्रसार गर्ने विषयलाई पनि स्थानीयले जोड दिएका छन् । त्यही क्रममा त्यस क्षेत्रबाट काठमाण्डाै आएर विभिन्न पेसा व्यवसाय आबद्ध स्थानीयको भेलाले चन्दनीको विकास, धार्मिकस्थल र सार्वजनिक जग्गाको संरक्षणका लागि आ–आफ्नो ठाउँबाट प्रयास गर्ने निर्णय गरेको छ ।

सडक विस्तारका क्रममा भत्काइएका ऐतिहासिक एवं पुरातात्विक महत्त्वको गोरखकाली मन्दिर निर्माणका लागि  स्थानीय निकायले विनियोजन गरेको बजेट तत्काल निकासा गरिदिन पालिकासँग अनुरोध गरेका छन् । याे मन्दिर निर्माणका लागि स्थानीय निकायले पाँच लाख रुपैयाँ सहयोग गर्ने  र बाँकी रकम चन्दा सङ्कलनबाट जुटाइने बताइएको छ ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया