जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह

 पुष ३, २०८० मंगलबार १०:४७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - विश्व हिन्दु परिषद्ले जनकपुरधाममा २१ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ । जनकपुरधामको जानकी मन्दिरमा हिजो बेलुका सामूहिक विवाहको कार्यक्रम सम्पन्न भएको परिषद्का अध्यक्ष सन्तोष साहले जानकारी दिनुभयो ।

विवाह पञ्चमीको अवसर पारेर जनकपुरधाममा भएको महोत्सवमा सामूहिक निःशुल्क विवाहको आयोजना गरिएको थियो । सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभविवाहको आयोजना गरेको परिषद्ले जनाएको छ ।

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोतेसहितका सबै सामग्री परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको अध्यक्ष साहले बताउनुभयो । गरिब तथा विपन्न वर्गका बेहुला बेहुलीको छनोट गरी सामूहिक विवाह भएको हो ।

यसैबीच जनकपुरधाममा अन्नबाट सीताराम स्वयम्वरको आकृति बनाएका भारत उत्तरप्रदेशका कलाकार सतीश गुर्जरले पनि सामूहिक विवाह कार्यक्रममा स्वयंम्वर गर्नु भएकाे छ । उहाँले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसँग स्वयम्वर गर्नुभएको हो ।

विगत केही वर्षदेखि विश्व हिन्दु परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनुका साथै दाइजोको समस्या घटाउने बेहुली पक्षका आफन्तले बताएका छन् । विवाह गरेकाहरुको कानुनी पक्रिया पूरा गर्न बेहुला बेहुलीको उमेर पुगेको कागजात पहिला नै संस्थाले लिएको थियो ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया