चितवन महोत्सवमा कृषि गोष्ठी :रासायनिक विषादीको प्रयोग बढ्दै ग...
माघ ८, २०८१ मंगलबार
काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न कांग्रेस–कम्युनिष्टबीच कार्यगत एकता गरेर अघि बढ्नुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।
नेता सिंहले देशमा आर्थिक समृद्धि गर्न पनि सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । शनिबार गणेशमान सिंहको जन्मजयन्तीको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गणेशमान सिंहले कम्युनिष्टहरुसँग कार्यगत एकता गरेर २०४६ सालको जनआन्दोलन सफल भएको र सोही बाटोबाट अघि बढ्न सके मात्रै देशमा आर्थिक क्रान्ति गर्न सकिने पनि स्मरण गराउनुभयो ।
प्राप्त उपलब्धिलाई जोगाउन आर्थिक क्रान्ति गर्नुपर्नेमा नेता सिंहले जोड दिनुभयो । पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका सिंहले नागरिकलाई सुख दिलाउन सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।
कार्यक्रममा बोल्दै कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले नागरिकको पक्षमा काम गराउने गरी जनमत सृजना गर्न नसकेको भन्दै पार्टी नेतृत्वको पनि आलोचना गर्नुभयो ।
नेता सिटौलाले नेपालको लोकतान्त्रिक आन्दोलनमा सर्वोच्च नेता गणेशमान सिंहले पु¥याउनु भएको योगदानको पनि चर्चा गर्नु भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।