एनएनआईपीए स्पोर्टस अवार्ड पुस २० गते हुने
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – अमेरिकाको कोलोराडो सर्वोच्च अदाललतले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपति चुनावबाट हटाएको छ । आउँदो चुनावमा राष्ट्रपतिको प्रमुख दाबेदार मानिएका ट्रम्पलाई अमेरिकी संविधानको विद्रोह खण्डलाई उद्धृत गर्दै चुनावबाटै हटाएको बीबीसीले जनाएको छ ।
ट्रम्प अमेरिकी संविधानको १४ औँ संशोधनको धारा ३ का कारण योग्य उम्मेदवार नभएका अदालतको भनाइ छ । तर यो निर्णयमा ट्रम्पले अपिल गर्न पाउनुहुनेछ । यसअघि अरु राज्यहरुमा ट्रम्पलाई चुनावी दौडबाट निकाल्ने प्रयासहरु असफल भएका थिए ।
सन् २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणमा जिम्मेवार भएका कारण उहाँ चुनावमा भाग लिन नपाउने कोलोराडोको सर्वोच्च अदालतको निर्णयमा भनिएको छ ।
अमेरिकामा यसै हप्ता भएका सर्वेक्षणहरुले आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति जो वाइडेन भन्दा पूर्व राष्ट्रपति ट्रम्प बलिया दावेदार रहेका देखाएको बीबीसीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।