संस्कृति मन्त्रीकाे राजीनामा माग्दै प्रदर्शन, भाषणलाई ताेडमाेड नगर्न किरातीकाे आग्रह

 पुष ५, २०८० बिहीबार १६:४७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै काठमाण्डौमा प्रदर्शन भएको छ ।

धर्मको बारेमा मन्त्री किरातीले दिएको अभिव्यक्तिको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भ्रातृ सङ्गठन नेपाल सनातन धर्म संस्कृति सङ्गठनले आज बिहीवार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन गरेको हो ।

हिजो बुधवार भएको एक कार्यक्रममा मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिनुभएको थियो । यो अभिव्यक्तिलाई लिएर हिन्दु धर्मसँग सम्बन्धित सङ्घ–संस्थाले विरोध जनाएका छन् । तर मन्त्री किरातीले आज सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै आफूले धर्मनिरपेक्ष देशमा सबै धर्म बराबर हुने आफ्नो अभिव्यक्तिको आशय रहेको बताउनुभएको छ । संविधानले नै देशलाई धर्मनिरपेक्ष घोषणा गरेको सन्दर्भमा कुनै धर्मप्रति घृणा फैलाउन नहुनेमा आफ्नो जोड रहेको उहाँको भनाइ छ ।

आफू हिन्दु, बौद्ध, मुस्लिम, क्रिस्चियन सबै धर्मावलम्बीका कार्यक्रममा जाने गरेको भन्दै मन्त्री किरातीले भाषणलाई तोडमोड नगर्न आग्रह पनि गर्नुभएको छ ।

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया