बिहान गएको ठूलो भूकम्पको म्याग्निच्युडबारे फरक–फरक विवरण
पुस २३, २०८१ मंगलबार
अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिकाले किसानलाई उत्पादनका आधारमा यस वर्ष एक करोड रुपैयाँ अनुदान वितरण गर्ने भएको छ ।
किसानले उत्पादन आधारमा अनुदान रकम पाउन सकून् र कागजकै भरमा अनुदान लिने परिपाटी बन्द हाेस् भनेर अनुदान वितरण गर्न लागेकाे नगरपालिकाले जनाएकाे छ । आफूले उत्पादन गरेको दूध, मासु, तरकारी तथा फलफूलमा अनुदान पाउने भएपछि किसान खुशी भएका छन् ।
किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर दुई रुपैयाँ, मासुमा प्रतिकिलो ५० रुपैयाँ अनुदान दिने नगरपालिकाका मेयर छविलाल पाैडेलले बताउनुभयाे । यस्तै तरकारी ,केरा, बेसारमा प्रतिरोपनी पाँच हजार तथा कागती, एभोकाडो ,कफी ,किबी लगायतका बिरुवामा प्रतिबिरुवा एक सय रुपैयाँ अनुदान दिने मेयर पाैडेलकाे भनाइ छ ।
उत्पादनमा आधारित अनुदानका लागि एक करोड ३० लाख रुपैयाँ बराबरको सिफारिस नगरपालिकामा आएको छ । नगरपालिकाले कृषि सहकारीको र वडाको सिफारिसमा उत्पादनमा आधारित अनुदान रकम वितरण गर्ने गर्दछ ।
अघिल्ला वर्षहरूमा सहकारीमार्फत रकम दिने गरिएकोमा सहकारीले फर्जी सिफारिस गरेको भन्दै विरोध भएपछि अहिले नगरपालिकाले किसानको खातामा रकम जम्मा गरिदिने भएको छ ।
अनुदानका लागि नगरपालिकाले अहिले वडा र सहकारीको सिफारिसका आधारमा अनुगमन पनि शुरु गरेको छ । अनुगमनका क्रममा सहकारीले सिफारिस गरेका किसानकाे उत्पादन विवरणअनुसार नभएको पाइएको अनुगमनमा सहभागी नगरपालिकाका योजना शाखा प्रमुख नुमलाल खनालको भनाइ छ ।
नगरपालिकाले बिरुवाका आधारमा अनुदान दिने भएपछि बिरुवा लगाएर छाडेर पनि केहीले अनुदान लिने गरेकाे भेटिएकाे छ । लगातार चार वर्षसम्म एकै खेतीकाे बेसारबाट अनुदान लिएकाे पनि भेटिएकाे छ । शितगंगा नगरपालिकाकी उपमेयर गीता भाट नेतृत्वकाे टाेलीले वडा नम्बर ९ मा गरेकाे अनुगमनका क्रममा यस्ताे भेटिएकाे हाे । उमपेयर भाटले किसानलाई उत्पादनमा जोड गरी आम्दानी बढाउन अनुरोध गर्दै उत्पादन भएका कृषि उपज बजारसम्म पुर्याउन कृषि सङ्कलन केन्द्र सञ्चालन हुन लागेकाे बताउनुभयाे ।
अनुगमन टाेलीमा उपमेयर भाटसहित नगरपालिकाकाे आर्थिक समितिका संयोजक बोमबहादुर विक,पशु शाखा प्रमुख गणेश थापा, योजना शाखा प्रमुख नुमलाल खनाल, प्राविधिक नारायण पाण्डे लगायतकाे सहभागिता थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।