सुदूरपश्चिमबाहेक तराईका अरु ठाउँमा हुस्सु र कुहिरो
माघ ४, २०८१ शुक्रबार
बर्दिया – बर्दियाको सदरमुकाम गुलरियामा आज शुक्रवारदेखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव शुरु भएको छ । पुस १६ गतेसम्म सञ्चालन हुने महाेत्सवकाे लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले उद्घाटन गर्नुभयाे ।
महाेत्सव उद्घाटन गर्दै मुख्यमन्त्री चाैधरीले स्थानीय उत्पादनलाई जोड दिनुपर्ने र त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे । कृषि उत्पादनकाे योजना बनाएर ल्याएमा सहयोग गर्न तयार रहेको उहाँकाे भनाइ छ ।
कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले सङ्घ र प्रदेशकाे बजेट जिल्लाकाे सदरमुकाम भएकाे पालिकामा कम पर्दा विकासका काम गर्न असहज भएको गुनासाे गर्नुभयाे । मेयर यादवले प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सांसदसमक्ष विकासका लागि पर्याप्त बजेट राखिदिन माग गर्नुभयो ।
‘समृद्ध बर्दियाको प्रमुख आधार : कृषि पर्यटन, उद्योग, संस्कृति र पूर्वाधार’ भन्ने नारासहित महाेत्सव आयाेजना भएकाे हाे । महाेत्सवमा सांस्कृतिक नाचसँगै राष्ट्रिय तथा स्थानीय कलाकारकाे प्रस्तुति पनि हुने मुख्य आयाेजक उद्योग वाणिज्य सङ्घ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । महाेत्सवमा स्थानीय थारु समुदायसँगै विभिन्न जातजातिकाे परिकार पनि खान पाइन्छ । महाेत्सवमा स्थानीय उत्पादनकाे प्रदर्शनी स्टल पनि रहेका छन् । महाेत्सवमा सांस्कृतिक प्रतियोगिता तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता पनि हुने आयाेजकले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।