क्लब विश्व कप फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई

 पुष ७, २०८० शनिबार ८:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । गएराति साउदी अरबमा भएको फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४–० गोलले हराउँदै सिटीले पहिलो पटक यो उपाधि जितेको हो ।

सिटीको जितमा जुलियन अल्भारेजले २ तथा फिल फोडेनले १ गोल गरे । उसले थप १ गोल उपहार पाएको थियो । योसँगै सिटीले सन् २०२३ मा पाँच वटा उपाधि जित्न सफल भएको छ । सिटीले यसअघि प्रिमियर लिग, एफए कप, च्याम्पियन्स लिग र सुपर लिगको उपाधि जितेको थियो । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया