अङ्ग दानका लागि सबैले प्रोत्साहन गराैँ : प्रधानमन्त्री प्रचण्ड

 पुष ७, २०८० शनिबार १२:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अङ्ग दानका लागि सबैले प्रोत्साहन गर्नुपर्ने बताउनु भएकाे छ । अङ्ग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाएर आ–आफ्नो ठाउँबाट योगदान गर्न उहाँले सम्पूर्ण नेपालीलाई अपिल गर्नुभएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाजले काठमाण्डौमा गरेको प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले मरेपछि खरानी भएर जाने अङ्गहरू दान गर्दा धेरै मानिसले पुनर्जीवन पाउन सक्ने बताउनुभयो ।

उहाँले अङ्ग फेल भइ मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउने कार्यलाई थप प्रवर्द्धन गर्न सरकारको तर्फबाट सम्पूर्ण किसिमले साथ र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको अङ्ग प्रत्यारोपण उपचारका क्षेत्रमा रहेका जटिलताहरू सम्बोधन गर्दै आउँदा दिनमा थप प्रभावकारी सेवा प्रवाह गर्न यो सम्मेलन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।
 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया