उच्च अदालत र इजलासहरूमा आजदेखि स्वचालित पेसी शुरु

 पुष ८, २०८० आइतबार १५:१३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशभरका उच्च अदालत र उच्च अदालतका इजलासहरूमा आज आइतवारदेखि स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली शुरु भएको छ ।

उच्च अदालत पाटनमा आयोजित एक कार्यक्रमबीच प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले स्वचालित पेसी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नुभएको हो । उहाँले सबै उच्च अदालतमा पनि मानवको हस्तक्षेपविहीन ढङ्गले पेसी तारेख व्यवस्थापन प्रणाली शुरु गरिएको भन्दै यो न्यायिक इतिहासकै एक सुखद क्षण भएको बताउनुभयो ।

प्रधानन्यायाधीश श्रेष्ठले यो प्रविधिले उच्च अदालतमा पनि सेवाग्राहीलाई विना भेदभाव पेसी तारेख लिन पाउने र अदालतमा अनियमितता नहुने कुराको सुनिश्चित भएको दाबी गर्नुभयो । उहाँले प्रणालीसँगै पेसी तारेखका लागि अब कसैको भनसुन वा आग्रहमा हुने कुराको पनि अन्त्य भएको बताउनुभयो । उहाँले याे प्रविधि सर्वोच्च अदालतकै सूचना प्रविधि विभागले तयार गरेकाे भन्दै त्यसमा कुनै समस्या आए तत्काल समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया