डाक्टर गोविन्द केसीसहित नौ जना काठमाण्डौको माइतीघरबाट पक्राउ

 पुष २१, २०८० शनिबार १४:४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – डाक्टर गोविन्द केसीसहित नौ जना काठमाण्डौको माइतीघरबाट पक्राउ परेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै डाक्टर केसी, प्रेम चलाउने, पवन थापा, पुकार बमसहित नौ जना प्रदर्शनकारीलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको प्रहरीले जनाएको छ ।

देशमा दण्डहीनता बढेको, द्वन्द्वकालका पीडितलाई झनै पीडित बनाउने तयारी भएको, विश्वविद्यालयहरुमा राजनीतिक भागभण्डा भइरहेको लगायतका घटनाको विरोधमा उनीहरु प्रदर्शनको लागि माइतीघरमा पुगेका थिए ।

आज बिहान मात्रै विज्ञप्ति  निकालेर डाक्टर केसीले सत्ताले विरोधीको मुख थुन्नको लागि निषेधित क्षेत्र तोकेको भन्दै माइतीघरको निषेधित क्षेत्र तोड्न आग्रह गर्नुभएको थियो । केसीले चिकित्सा शिक्षा आयोगका निर्देशकहरुको नियुक्ति अदालतबाट रोकिएकोमा तत्काल अदालतले नै बाटो खोलेर नियुक्ति अघि बढाउन माग गर्नुभएको छ ।

यस्तै, उहाँले कैलालीको गेटामा तत्काल स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउन र चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज खोल्न पनि माग गर्नुभएको छ । सरकारले गएको मङ्सिर ५ गते माइतीघर–बानेश्वरलगायत काठमाण्डौका विभिन्न क्षेत्रमा सभा, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न रोक लगाएको थियो । 

अन्तिम अपडेट: माघ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया