रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
इलाम – समृद्ध नेपाल निर्माणको लक्ष्य ने क पा ले पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी ने क पा का वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ने क पा दक्षिण एसियाकै ठूलो पार्टी भएको दाबी गर्दै नेता खनालले भन्नुभयो, ‘समृद्ध नेपाल निर्माणको लक्ष्य पूरा हुने आधार तयार भएको छ ।’ ने क पा ले सोमबार इलाममा आयोजना गरेको चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले संविधानको भावना अनुसार समाजवादी बाटोको अगुवाई पार्टीले गरिरहेको समेत बताउनु भयो ।
सरकार परिवर्तन तथा राष्ट्रिय सरकारका विषयमा पत्रकारले राखेको चासोलाई सम्बोधन गर्दै नेता खनालले दुईतिहाई जनमत भएको सरकार आफैंमा शक्तिशाली हुने र यो नै वास्तवमा राष्ट्रिय सरकार भएकोले समृद्ध नेपाल निर्माणमा एकजुट भएर लागि परिरहेको उल्लेख गर्नुभयो । कार्यक्रममा ने क पा का उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले पनि इलामको विकासको लागि आपूmहरुले पहल गरीरहेको बताउनुभयो ।
इलामको निर्माणाधीन सुकिलुम्बा विमानस्थल कालोपत्रे गर्ने र सञ्चालनमा ल्याउने, झापाको दमकदेखि रवीसम्मको बाटो कालोपत्रे गर्ने, धनकुटाको भेडेटारदेखि इलाम जोड्ने बाटो कालोपत्रे गर्ने, विद्युतीकरण, खानेपानी जस्ता कार्यक्रमहरुमा आपूmहरुले पहल गरिरहेको उहाँको भनाई थियो ।
चियापान कार्यक्रममा इलामबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेशका नेकपाका सांसदहरु, नेपाली कांग्रेसकी सांसद सुजता परियार, इलामका सबै संरचनाका प्रमुख तथा जनप्रतिनिधिहरु, प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका प्रमुखहरु, समाजसेवी संघसंस्थाका प्रमुखहरु, ने क पा का नेता तथा कार्यकर्ता र विद्यार्थीहरुको उपस्थितिमा शुभकामना आदाप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।