विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै - आज रातिदेखि नेपालमा फेरि पश्चिमी वायु सक्रिय हुने भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेश हुँदै नेपालमा पश्चिमी वायुको प्रभाव फेरि बढ्ने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलिदेखि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र कोशी प्रदेशका पहाडी भेगमा सामान्यदेखि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चितवनदेखि पश्चिमका पहाडी जिल्लाका केही ठाउँमा मध्यम खालको वर्षाको सम्भावना छ । यसअघि भित्रिएको प्रणालीले पश्चिमी क्षेत्रमा बढी प्रभाव पारे पनि यसपालि भित्रिने प्राणालीले पूर्वका पहाडी जिल्लामा समेत प्रभाव पार्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुका कारण भोलिदेखि तराई मधेसका थोरै ठाउँमा मात्रै पातलो हुस्सु लाग्ने र दिउँसोपख हट्ने महाशाखाको अनुमान छ । पर्सि बेलुकादेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् पुडासैनीले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।