चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
अमेरिकन अन्तरिक्ष एजेन्सी नासाले आउँदो २५ वर्षभित्र मंगल ग्रहमा मान्छे अवतरण गराउने बताएको छ । मंगल ग्रहमा मानव अवतरण गराउन अहिले मेडिकल र प्रविधिको कारण कठिनाई आएको छ ।
रेडियसन, दृश्यमा समस्या र हड्डी बिग्रने जस्ता समस्या मंगल ग्रहमा जाने अन्तरिक्ष यात्रीमा देखिएको नासा अधिकारीहरुले बताएका छन् । यस्ता समस्या समाधान गरेर त्यहाँ मानव अवतरण गराउन २५ वर्ष लाग्ने नासाका पूर्व अन्तरिक्षयात्री टोम जोनले बताएका छन् । सन् २००१ मा अवकास लिएका उनले पहिला चार पटक अन्तरिक्षको यात्रा गरेका छन् ।
अहिलेको प्रविधिबाट अन्तरिक्ष यात्रीलाई मंगल ग्रहमा पुग्न ९ महिना लाग्नेछ । शून्य गुरुत्व भएका कारण मंगल ग्रहमा उत्रिन निकै समय लाग्ने र कठिन हुनेछ । लामो समयसम्म शून्य गुरुत्वमा तौलविहीन भएर बस्दा आँखाको रेटिनामा समस्या आउनेछ ।
रक्त कोषिकाहरुमा पनि समस्या आउनेछ । रेटिनामा समस्या आएका कारण देख्न सक्ने क्षमता कमजोर हुँदै जानेछ । र विस्तारै अस्थिपञ्जरबाट क्याल्सियम सकिँदैै जाने र हड्डी कमजोर हुँदै जान्छ ।
नासाका अनुसार मंगल ग्रह जाँदा त्यस्तो समस्याबाट जोगिन कम समयमा मंगल ग्रहमा पुग्नु नै उपयुक्त हुन्छ । तर त्यस्तो समस्याको समाधान अहिलेसम्म भएको छैन् । नासाका अनुसार हानिकारक विकिरणहरुले मानव शरीरमा असर पुर्याउने भएका कारण त्यहाँ पुग्ने अन्तरिक्षयात्री पनि सुरक्षित हुँदैनन् ।
एरोस्पेसका विज्ञहरुले त्यस्ता धेरै प्रविधिहरु पत्ता लागेको बताएका छन्, उदाहरणको रुपमा ‘स्पेसक्राफ्ट’लाई तुरुन्त विकास गरेर अन्तरिक्ष यात्री मंगल ग्रहमा सुरक्षित रुपमा अवतरण गरी त्यहाँको अवस्था अध्ययन गरेर पुनः पृथ्वीमा नै फर्किन सक्नेछन् ।
सन् २०२० मा नासाले त्यहाँ अर्को यान पठाउने तयारी गरेको छ जसले त्यहाँको वातावरण, त्यहाँ जीव रहे–नरहेको संकेत र भविष्यमा मानवको उत्पत्तिबारे अध्ययन गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।