खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन ...
पुस २२, २०८१ सोमबार
काठमाण्डौ – सङ्घीय सरकारमा सत्ता गठबन्धन फेरिने बित्तिकै प्रदेश प्रमुख फेर्ने विकृति यसपटक पनि दोहोरिएको छ । प्रदेश प्रमुख पदको गरिमा विपरीत केन्द्रमा सत्ता गठबन्धन फेरिने बित्तिकै पुराना प्रदेश प्रमुख हटाएर आफू निकटका व्यक्तिलाई नियुक्तिको सिफारिस गर्ने पुरानै विकृति यसपटक पनि दोहोरिएको हो।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले मधेश प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखलाई पदमुक्त नयाँ व्यक्तिहरुलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। बैठकले मधेश प्रदेशको प्रमुखमा सुमित्रा भण्डारी, गण्डकी प्रदेशको प्रमुखमा डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।
सरकारले अहिले पदमुक्त गर्न सिफारिस गरेका प्रदेश प्रमुखहरु कांग्रेस माओवादीको अघिल्लो गठबन्धन बन्दा नियुक्त भएका थिए । अहिले पदमुक्त हुनेमा कांग्रेस कोटाबाट २०७८ सालको साउनमा नियुक्त भएका गण्डकीका पृथ्वीमान सिंह गुरुङ, भदौमा नियुक्त भएका मधेशका हरिङ्कर मिश्र र कात्तिकमा नियुक्त भएका सुदूरपश्चिमका देवराज जोशी हुनुहुन्छ, ।
नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस भएका तीनै जना एमाले निकट हुन् । प्रदेशहरुमा कतै विश्वासको मत फिर्ता लिने भइरहेको र कतै मन्त्रीहरुलाई बर्खास्त गर्ने काम भइराखेकोले राजनीतिक रुपमा सरल होस,केन्द्र र प्रदेशको राजनीतिक दृष्टिकोण समान बनोस भन्ने उद्देश्यले यो निर्णय गरिएको मन्त्री शर्माको जिकिर छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।