बिहान गएको ठूलो भूकम्पको म्याग्निच्युडबारे फरक–फरक विवरण
पुस २३, २०८१ मंगलबार
अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ ढिकुराको सान्डेभामा रहेको चुनढुङ्गा उत्खननका लागि नगरपालिकाले दिएको भनिएको सिफारिस पत्र नक्कली रहेको पाइएकाे छ । चुनढुङ्गाको उत्खनन अनुमति पत्रका लागि नगरपालिकाको लेटरप्याड, छाप र हस्ताक्षर चोरी गरेर काम भएको भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले दाबी गर्नुभएको छ ।
मेयर थापाले यो गम्भीर अपराध भएकोले आफूहरू कानुनी प्रक्रियामा जाने बताउनुभएको छ । गएको मङ्सिर ५ गते नगरपालिकाको लेटरप्याडमा मेयर थापाको हस्ताक्षरसहितको पत्र खानी तथा भूगर्भ विभागमा रहेको छ । विभागलाई नगरले सिफारिस गरी पठाएको पत्रमा चलानी नम्बर ५८५ छ ।
यस्तै नगरपालिकाको चलानी किताबमा ५८५ नम्बरमा सङ्घीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पठाएको पत्र छ । आफूहरूले खानी उत्खनन गर्न अनुमति दिनेगरी पत्र नपठाएको मेयर थापाकाे दाबी छ । २०७९ साल भदौ महिनाको १७ गते र असोज महिनाको १४ गते नगर कार्यपालिका बैठकले चुनढुङ्गा उत्खनन गर्न नदिने निर्णय गरेको देखिन्छ ।
कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्सले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खननको अनुमति पत्र पाएको थियो । पटक–पटक प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेको कम्पनीले २०७९ साल पुस ७ गते भूमिकास्थान–९ का वडाध्यक्ष खेमराज चुँदालीको अध्यक्षतामा प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो ।
पुस ८ गते वडा कार्यालयले काम गर्न मिल्ने गरी आशय पत्र दिएको थियो । नगरपालिकाको कार्यालयले गएको मङ्सिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ । तर मेयर थापाले यसमा किर्ते गरिएको आरोप लगाउनुभएको छ । विजया सिमेन्ट्सले पनि आफूहरू कानुनी बाटोमा जाने जनाएको छ । पालिकाभित्रको त्रुटिलाई आफ्नो कम्पनीमाथि थुपारिएको कम्पनीका प्रतिनिधि नवाफ अलीले बताउनुभयो ।
पत्र सक्कली हो या नक्कली नगरपालिकाले जान्ने कुरा भएको बताउँदै उहाँले आफू पनि कानुनी बाटोमा जाने बताउनुभयो । विजया सिमेन्ट्सले प्राप्त गरेको चुनढुङ्गा उत्खननकाे अनुमति पत्र पूर्णरूपमा खारेज गरी कार्यालयलाई जानकारी उपलब्ध गराउन खानी तथा भू–गर्भ विभागलाई पत्राचार भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।