विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – विश्वका खुसी देशहरूको सूचीमा नेपाल ९३ औँ स्थानमा परेको छ । संयुक्त राष्ट्र सङ्घीय एजेन्सीले एक सय ४३ वटा देशलाई समेटेर सार्वजनिक गरेको 'वर्ल्ड ह्याप्पिनेस इन्डेक्स' प्रतिवेदनअनुसार नेपाल ९३ औँ स्थानमा परेको हो । अघिल्लो वर्ष नेपाल यो सूचीको ८४ औँ स्थानमा थियो ।
खुसीको स्तर खस्किँदै ९३ औँ स्थानमा परे पनि नेपाल दक्षिण एसियाको सबैभन्दा खुसी देश बनेको छ । 'वर्ल्ड ह्याप्पिनेस इन्डेक्स' काे सूचीमा पाकिस्तान १०८ औँ, भारत १२६ औँ, श्रीलङ्का १२८ औँ, बङ्ग्लादेश १२९ औँ र अफगानिस्तान सूचीको सबैभन्दा पुछार अर्थात् १४३ औँ स्थानमा परेको छ । भुटान र माल्दिभ्स सूचीमा समावेश छैनन् । चीन ६० औँ नम्बरमा छ । फिनल्यान्ड लगातार सातौँ वर्षमा विश्वको सबैभन्दा खुसी देश बनेको छ ।
खुसी मापन गर्ने भनिएको 'वर्ल्ड ह्याप्पिनेस रिपोर्ट' दिगो विकाससम्बन्धी संयुक्त राष्ट्र सङ्घको एक अभियानले प्रकाशित गर्ने गर्छ । खुसीका लागि समाजमा जीवन जिउने स्वतन्त्रता, स्वस्थ जीवन, सामाजिक सहयोग, एकअर्कालाई सहयोग गर्ने भावना, आर्थिक अवस्था अनि भ्रष्टाचारबारे विद्यमान आमसोचजस्ता विषय पर्ने रिपोर्टमा भनिएको छ ।
आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइएकाे छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।