सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, खुम्बुमा एकैदिन सात सय पर्यट...
बैशाख ९, २०८२ मंगलबार
काठमाडौं– सरकारले मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको हो। यसअघि मन्त्रिपरिषद बैठकले हरेक वर्षको मंसिर ११ लाई सामाजिक सुरक्ष दिवस मनाउने निर्णय गरेको थियो ।
११ गते योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा हुनेछ । मन्त्रालयका सचिव महेश प्रसाद दहालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।
सबै श्रमिकलाई औषधि उपचार, दुर्घटना, आश्रित परिवार सुरक्षा तथा वृद्धाभत्ता सुरक्षा दिने उद्देश्यका साथ सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा सञ्चालन गर्न लागेको हो । यो कार्यक्रम सुरु भएसँगै निजी क्षेत्रका श्रमिकले पनि पेन्सन या उपदान पाउनेछन्। यस्तै बिरामी हुँदा उपचार सुविधा पनि पाइनेछ ।
यसबारे थप जानकारीको लागि याे पढ्नुहाेस् :