चितवन राष्ट्रिय निकुञ्ज प्रभावितलाई एक करोड रुपैयाँ बढी राहत
बैशाख ९, २०८२ मंगलबार
काठमाडौं– पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीमा गएका ८ सय २१ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७४/७५ मा उनीहरुले विदेशमा ज्यान गुमाएका हुन् । यो अघिल्लो आर्थिक वर्षको भन्दा ४६ जना बढी भएको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको छ ।
आव ०७३/७४ मा ७ सय ७५ जनाले विदेशमा ज्यान गुमाएका थिए । विगतको अनुसन्धानका आधारमा हेर्दा नेपालको वातावरण र कामका लागि गएको देशको वातावरण नमिल्दा धेरै जसोको सुतेकै अवस्थामा मृत्यु हुने गरेको देखिएको प्रवद्र्धन बोर्डकी प्रवक्ता पवित्रा घिमिरे खनालले बताउनुभयो ।