तनहुँको मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादन घट्यो
चैत ३०, २०८१ शनिबार
काठमाण्डाै – साउदीमा हराएका एक जना नेपालीलाई भेटाएमा सम्पर्क गर्न त्यहाँ रहेको नेपाली दूतावासले आग्रह गरेको छ । अप्रिल १९ तारिखकाे रातिदेखि रियादको बथा भन्ने ठाउँबाट साह हराइरहेको हुँदा भेटाउनेलाई दूतावासमा खबर गरिदिन आग्रह गरेको हो ।
साह डिप्रेसनको सिकार भएको र कसैसँग पनि नबोल्ने गरेको दूतावासले जनाएको छ । उहाँलाई उद्धार गरेर दूतावासको शेल्टरमा राखि घर पठाउने तयारी भइरहेको बेला उहाँ हराउनुभएको हो । राति शेल्टरमा सबै सुतिरहेको समयमा उहाँ भागेको हुनसक्ने दूतावासको भनाइ छ ।
दूतावासका अनुसार उहाँको एक्जिट भिसा पनि आइसकेको छ । उहाँलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा दूतावासको फोन नम्बर ०५०००७६७९४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । उहाँको नेपालमा घर कुन ठाउँमा हो भन्ने कुरा भने दूतावासले खुलाएको छैन ।