कानून समितिको वार्षिक प्रतिवेदन पारित
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डौ – आउँदो महिना थाइल्यान्डमा हुने आईसीसी महिला टी–२० विश्वकप एशिया क्वालिफायरको लागि दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छनोट भएका छन् ।
क्वालिफायरको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले झण्डै दुई हप्ताअघि प्रशिक्षण क्याम्पका लागि २८ खेलाडीलाई बोलाएको थियो । त्यसबाट दोस्रो चरणको प्रशिक्षणमा २० खेलाडी छनोट गरिएको क्यानले जनाएको छ । क्याम्पबाट ८ खेलाडी भने बाहिरिएका छन् ।
दोस्रो चरणको प्रशिक्षणमा छनोट हुने खेलाडीहरुमा इन्दु वर्मा, बिन्दु रावल, सम्झना खड्का, रुबिना क्षेत्री, रोमा थापा, कविता जोशी, यशोदा विष्ट, रुबी पोदार, राजमती ऐरी, काजल श्रेष्ठ, पुजा महतो, कविता कुँवर, सबनम राई, इश्वरी विष्ट, सोमु विष्ट, मनिषा उपाध्याय,रचना चौधरी, सीता राना मगर, सिमाना केसी र रिया शर्मा छन् ।
क्याम्पबाट बाहिरिनेमा एलिसा कुमारी यादन, सना प्रविन, अनु कडायत, मनिषा बोहरा, लक्ष्मी साउद, हेलिसा गुरुङ, संगिता राई र एलसा खडिया छन् ।
आउँदो ‘मे’ ७ देखि २१ सम्म हुने एशिया क्वालिफायरमा नेपालसहित ९ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।
ग्लोबल क्वालिफायरमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष चार टोली अर्को वर्ष जुन–जुलाईमा इंग्लयाण्डमा हुने महिला टी २० विश्वकपमा छनोट हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।