नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन : प्रधा...
चैत ३०, २०८१ शनिबार
अमेरिकामा ३० दिनभन्दा बढी समय बसेका विदेशी नागरिकहरूले त्यहाँको दर्ता ऐन (एलियन) अन्तर्गत दर्ता नगरेको खण्डमा उनीहरूलाई जेल सजाय हुन सक्ने छ । आज विदेशी दर्ता ऐन अन्तर्गत दर्ता गर्ने अन्तिम मिति रहेको बीबीसीले उल्लेख गरेको छ ।
संयुक्त राज्य अमेरिकामा ३० दिनभन्दा बढी समयदेखि बसोबास गर्ने सबै विदेशी नागरिकहरूले सङ्घीय सरकारमा दर्ता गर्नुपर्ने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनकी प्रेस सचिव क्यारोलिन लाभेटले बताउनुभयो ।
नियम पालना नगरे जरीवाना, जेल वा दुवै सजाय हुने उहाँको भनाइ छ । अमेरिकी गृह सुरक्षा विभागले पनि प्रेस विज्ञप्ति निकालेर विदेशी नागरिकहरूलाई यस ऐनअन्तर्गत दर्ता गर्न भनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।