नागरिकले फ्याँकिसकेको राजतन्त्र आउने भ्रम पाल्नु हुँदैन : प्रधा...
चैत ३०, २०८१ शनिबार
चीनले अमेरिकाबाट आयात हुने सामानहरूमा फेरि कर बढाएको छ । चीनले अमेरिकाबाट आयात हुने सामानमा कर बढाएर १२५ प्रतिशत पुर्याएको बीबीसीले जनाएको छ ।
यसअघि बुधवार चीनले अमेरिकी सामानमा ८४ प्रतिशत कर लगाउने घोषणा गरेको थियो । चीनले लगाएको यो कर भोलि शनिवारदेखि लागू हुनेछ । यस्तै चीनले यदि अमेरिकाले यसपछि पनि कर बढायो भने पनि आफूले बदला नलिने बताएको खबरमा उल्लेख छ ।
गएको हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ३४ प्रतिशत कर लगाउने घोषणा गर्नुभएको थियो । यो कर अप्रिल ९ देखि लागू हुने भनिएको थियो तर त्यसको केही घण्टाअघि ट्रम्पले थप ५० प्रतिशत कर बढाउने घोषणा गर्नुभएको थियो । यसको प्रतिक्रियामा चीनले अस्ति बुधवार अमेरिकी सामानहरूमा ५० प्रतिशतले कर बढाएर ८४ प्रतिशत पुर्याएको थियो ।
यस्तै हिजो अमेरिकाले चीनमाथिको कर बढाएर १४५ प्रतिशत पुर्याउने घोषणा गरेको छ । यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले ७० वटाभन्दा धेरै देशलाई लगाएको 'रेसिप्रोकल' अर्थात् पारस्परिक कर भने ९० दिनका लागि रोक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।