बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
बैशाख २, २०८२ मंगलबार
सन् २०२८ मा अमेरिकाको लस एन्जल्समा हुने ओलम्पिक खेलकुदमा क्रिकेटसहित पाँच वटा नयाँ खेल समावेश भएको छ । ओलम्पिकमा १ सय २८ वर्षपछि क्रिकेट फर्किएको हो । यसअघि सन् १९०० को पेरिस ओलम्पिकमा क्रिकेट समावेश गरिएको थियो ।
लस एन्जल्स ओलम्पिकमा पुरुष र महिला दुवैतर्फ ६ वटा देशले मात्र सहभागिता जनाउन पाउने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईसीसी) ले लस एन्जल्स ओलम्पिकमा क्रिकेटका लागि जम्मा ९० जना खेलाडीको कोटो छुट्याउने भएको छ । प्रत्येक टोलीमा १५ जना खेलाडी रहनेछन् । ओलम्पिकमा क्रिकेट टी–२० फर्म्याटमा खेलाइनेछ ।
ओलम्पिकका लागि क्रिकेटको छनोट प्रक्रिया अहिलेसम्म निश्चित भइसकेको छैन । यदि अमेरिका आयोजक देशका रूपमा सीधै छनोट भएको खण्डमा उपलब्ध छनोट स्थानको सङ्ख्या घट्नेछ । यसबाहेक वेस्ट इन्डिजको प्रतिनिधित्व कसले गर्ने भन्ने प्रश्न पनि उठेको छ । किनभने क्यारेबियन टापुहरू ओलम्पिक खेलमा छुट्टाछुट्टै देशका रूपमा भाग लिन्छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।