धनकुटामा छुरा प्रहार घटना : ६ जना पक्राउ

 वैशाख २, २०८२ मंगलबार १५:१०:१२ | सन्ताेष रुचाल
unn.prixa.net

प्रतीकात्मक तस्वीर

धनकुटा – धनकुटामा छुरा प्रहार गरी दुई जनालाई घाइते बनाएको घटनाको अनुसन्धानका लागि ६ जना पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका–६ नासलचोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा नगरपालिका–७ का १८ वर्षीय लाजिहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । खड्गीलाई नासलचोकबाट र लिम्बूलाई शिवमन्दिरबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । थप चार जना नाबालकलाई पनि पक्राउ गरी सोधपुछ भइरहेको छ ।

नयाँ वर्षको दिन हिजो धनकुटा नगरपालिका–५ बिहीवारे हटिया नजिक १७ वर्षीय कुशल राई र आयुष राईमाथि छुरा प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार घाइते कुशल र आयुषको धनकुटा अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया