त्रिपुरेश्वरमा पासपाेर्ट बनाउने/लिनेकाे भिड (फाेटाे फिचर)

 पुस ८, २०७९ शुक्रबार १३:२८:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाैकाे त्रिपुरेश्वरमा रहेकाे राहदानी विभागमा सेवाग्राहीको भिड लागेको छ । केही दिनयता राहदानी विभागमा सेवाग्राहीको भिड लागेको देख्न सकिन्छ । 

आज शुक्रवार पनि बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन बसेर सेवाग्राहीले राहदानी (पासपाेर्ट) बनाइरहेकाे/लिइरहेको देख्न सकिन्छ । छिटो पालो पाउनका लागि सेवाग्राही बिहानै झिसमिसेमा त्रिपुरेश्वर पुग्ने गरेका छन् ।

राहदानी विभागले यही पुस ५ गतेदेखि दिउँसाे साढे ३ बजेदेखि अनलाइन आवेदनका लागि बुकिङ सुरु गर्ने समय निर्धारण गरेको छ । यसअघि दैनिक ११ बजेदेखि बुकिङ सुरु हुने गरेको थियो । सेवाग्राहीलाई सहज बनाउन राहदानी विभागले अनलाइनबाट सेवा दिने भने पनि अनलाइन सेवा चुस्त नहुँदा झनै सास्ती बेहाेर्नुपरेकाे सेवाग्राही बताउँछन् ।

तस्बिरहरू : न्युज एजेन्सी नेपाल

तपाईको प्रतिक्रिया