Facebook

बम सुरज पौडेल

बिकटमा झाडापखालाबाट बिरामीको उपचार नपाएर ज्यान जान्छ । उनीहरु औषधी किन्न पनि सक्दैनन् । तर नेता र मन्त्री उपचार गराउन लाखौं खर्चे र विदेश जान्छन् । औषधी निशुल्क भनिएपनि नागरिकले त्यो सुविधा सहजै पाएका छैनन् । हामी नागरिकले कहिले हो राहत महसुस गर्ने ?

थप पढ्नुहोस्
हिमाल लम्साल

खै सधै भ्रमणको नाममा सम्झौता र हस्ताक्षर भएको मात्र सुन्न पाईएको छ । आज सम्म भएको सम्झौता र हस्ताक्षरले कहिल्यै प्रगति र बिकास भएको किन सुन्न पाईएको छैन । प्रधानमन्त्री ज्यू तपाईको चीन भ्रमणबाट सफता मिलोस हाम्रो शुभकामना ।।

थप पढ्नुहोस्
जिवि अन्जान

शुकमाया मोक्तान जस्ता श्रीमति सबैका हुँदा हुन त सायद बिदेशीएका युवाहरूले स्वदेश फर्किए पछि घरबार तोड्नु पर्ने अबस्था आउदैन थियो होला । सलाम छ शुकमाया जि । उज्यालोमा फेरि यस्तै समाचार पढ्न पाइयोस् ।

थप पढ्नुहोस्
मधुसुधन रायमाझी

१ सय १९ जनाको बथान किन चाहिएको हाम्रा प्रधानमन्त्रीलाई ? तन्त्र बदलियो, प्रणाली बदलियो,समय बदलियो तर यी नेताहरुको व्यवहार भने कहिल्यै बदलिएन ।

थप पढ्नुहोस्
प्रकाश लिनुचा

भारतले नाकाबन्दी गर्दा मात्र चीनबाट तेल र रेल ल्याउने भन्छन् । रेल र तेल कुरामा आउँछ की साच्चै आउँछ त्यो त हेर्न बाँकी नै छ । चीन गएका सबैलाई शुभयात्रा, शुभ समचार सुन्न पाइयोस् खोला नाला बेच्यो भन्ने चाहीं सुन्न नपरोस।।।

थप पढ्नुहोस्
कामन सिंह पाख्रिन

आफ्नो पदावधि जसरी थपे नि टुंग्याए नि सानोलाई ऐन ठूलोलाई चयन त हो नि । आखिरी थप्नु पर्नेलाई अनेक बाहनामा थपिहाल्छन् । राज्यको ढुकुटी रित्याउने, महंगी बढाउने, बेरोजगार बनाउने बिदेश धपाउने र पठाउने त हो । जुन परिवर्तनको उपमा दिएपनि त्यो भन्दा अरु के नै भएको छ र !

थप पढ्नुहोस्
मरीक बाबु

विदेशमा भन्दा पनि स्वदेश मै बसेर केहि गर्न सक्ने सीप र तालिम दिए राम्रो हुने थियो । अनि हाम्रो देश नेपाल पनि समृद्ध बन्ने थियो । ताकि भोलिका दिनमा युवा आफ्नै देशको माटोमा सुन फलाएर देखाउन सक्षम हुने थिए ।।

थप पढ्नुहोस्
सन्दिप सिटौलाले

विश्वकप रसीयामा हुँदै छ, तर नेपालमा नेपाली–नेपाली बिच एक आपसमा अमानवीय व्यवहार उत्पन्न भैरहेको देखिन्छ । हामी पहिला नेपाली हौं,अनि मात्रै अरु देश भन्ने भावनाले खेल हेरौं । सबैले आफुले मन परेको टिमलाई समर्थन गर्नुहोस् तर खेलाडीको मान हानी हुनेगरी कुनै पनि गतिविधि नगर्नुहोस् । यस तर्फ सबैको ध्यान जाओस् ।

थप पढ्नुहोस्
लक्ष्मण साह

चित्त नबुझेको कुरा बोल्न, आलोचना गर्न नै नपाइने कस्तो लोकतान्त्रिक अभ्यास हो ? संसदलाई पनि के बोल्ने बे नबोल्ने भनेर सिकाउने दिन आए छन् ।

थप पढ्नुहोस्
नरेशराज खतिवडा

६ वर्षमा बल्ल बल्ल शिक्षक सेवा आयोगले लोकसेवा खुलायो । त्यो पनि कोटा नै बढी छ । ६ वर्षमा झण्डै १२ हजार सरकारी रोजगारी खुल्दा ५ हजार ५०० कोटामा प्रतिस्पर्धा नै गर्न नदिने कहाँको न्याय हो ? यस तर्फ पनि ध्यान दिनुप¥यो ।

थप पढ्नुहोस्
प्रकाश खत्री

आशबहादुर जीको दुःख पढ्दा भक्कानिए । मलेसिया जान खोज्नुभएको रहेछ । तर मेरो अनुभवले भन्छ, घरबारि बेचेर मलेसिया नजानुहोस् । बरु घरबारि बेचेको आधा पैसाले ऋण तिरेर आधा पैसाले देशमा नै केही गरे राम्रो होला कि ?

थप पढ्नुहोस्
कमला विश्वकर्मा

सरकारी गाडीमा उल्टो सिट हटाउने काम त भयो । तर, हटाइएको सिटमा उभिने व्यवस्था कहिले हटाउने ? महिला पुरुष एकै ठाँउमा कोचाकोच गरी उभिदा सारै गाह्रो भो जीउदै मरेको जस्तो महशुस हुन्छ । यो कुरालाई कहिले अनि कस्ले मनन गर्ने ?

थप पढ्नुहोस्
सुशील न्यौपान

हामी पश्चिम नेपालमा छाउपडि र छुवाछुत जस्तो कुप्रथा कायम हुनुमा काठमाडौंमा बसेर त्याहाँका नागरिकको अज्ञानता, शिक्षा र जनचेतनाको कुरा गर्छाै । तर, काठमाडौं जस्तो शिक्षित र सभ्य मानिस बस्ने शहरको कुरा गरौ त । बाग्मति सरसफाई अभियान चलाएको बर्षाै भयो, फोहोर उठाइन्छ अनि अर्काे साता सोहि ठाउँमा फोहर जस्ताको त्यस्तै हुन्छ ...

थप पढ्नुहोस्
साैरभ रावत

दुखि जनताको पसिनाबाट १–१ गरेर जम्मा भएको करको राज्यकोषबाट किनेको गाडिमा आगो लगाउनु जुन सुकै बहाना भए पनि यो महाअपराध हो । यो गाडी जलाएर कसलाई फाइदा भयो ? अरु पनि धेरै विकल्पहरु छ्न आन्दोलनका, तर यस्तो पारा किन देखाउने मानव भएर । यसको क्षतिपूर्ति तिनिहरु बाट नै असुल्नु पर्छ । ता की दुखी गरिब नागरिकबाट कर उठ...

थप पढ्नुहोस्
ओम घिमिरे

काठमाडौंबाट बीरगञ्ज चल्ने सुमोले धेरै भाडा लिने गरेका छन्। काठमाडौंबाट जादा रु ५०० मा बीरगञ्ज पुर्याउछन्। तर बीरगञ्जबाट काठमाडौं आउँदा भने एक व्यक्ति १००० रूपैयाँ सम्म लिने, बिल भने ५०० रूपैयाँ को नै दिने गर्छन्। बाटोमा ट्राफिकले सुमो रोकेर सोधे भने रु ५०० लियो भन्न लगाउँछन्। यसरी सुमो चढ्नेलाई बाध्यतामा परिरहेक...

थप पढ्नुहोस्
लक्ष्मण लिला पाण्डे

स्वरोजगार, कृषि, पर्यटन, जलविद्युत, पूर्वाधारका क्षेत्रमा विनियोजन गरेको बजेट र समावेश गरेका कार्यक्रम निकै आश लाग्दो छ। गएका वर्ष झैं बजेट भाषण भाषणमा मात्र सिमित नहोस्। कार्यन्वयन भए त बेरोजगारीको अन्त्य हुनेथियो कि।

थप पढ्नुहोस्
मदनकुमार श्रेष्ठ/ कतार

मेरो गाउँमा न बिजुलीको सुविधा छ न खानेपानीको । राम्रो स्कुल र स्वास्थ्य उपचारको त कुरै नगरौं । परिवारलाई सुखले राखौंला भनेर विदेश आए तर विदेशको मेरो कमाइले घरमा परेको सबै भ्वाङ टाल्न सक्दैन । यस्तो चालाले कसरी बनाउनुहुन्छ पाँच वषएभित्र विदेशिनु नपर्ने वातावरण ?

थप पढ्नुहोस्
कल्याण सुवाल

नेपाल भारत सीमा क्षेत्रमा नेपाली जवान तैनाथ गर्ने भन्ने समाचार सुनेर खुसी लाग्यो । तर केही अधिकार पनि दिइएको छ कि, खालि देखाउनका लागि मात्रै ?

थप पढ्नुहोस्
जय नारायण/ मलेसिया

घरको समस्या सामाधान गर्नको लागि हामी विदेश लाग्छौँ तर विदेशमा पनि समस्या नै समस्याको सामना गर्नुपर्दा आफ्नो मातृभूमि र जन्मभूमिको यादले सताइरहन्छ। काम त गर्नु नै छ जहाँ बसे पनि तर आँखाबाट आसु त्यो बेला झर्छ जब हामी आफ्नै नेपाली साथीबाट हेपिन्छौँ र लुटिन्छौँ। यदि हामी अनुशासनमा रही काम गर्‍यौँ भने यहाँको लोकल मान्छ...

थप पढ्नुहोस्
पदम तामाङ

नेता र उच्च अधिकारीहरूले अरूका बच्चाहरु सामुदायिक विद्यालयमा भर्ना गरेको फोटो सामाजिक मिडियामा रंगाउनुको सट्टा आफ्नै छोराछोरी र नातिनातिनीलाई सामुदायिक विद्यालयमा भर्ना गराएर पढाए समाज र देशको हित हुन्थ्यो कि?

थप पढ्नुहोस्
थुलुङ अनिल राई

ए यो एकताको संकेत हो कि कता कता को संकेत हो। खै यस्तै पारा हो भने त एमाले माओबादिको एकता हुने कुरामा शंकै लाग्छ आधावर्ष भन्दा पनि बढै भैसक्यो एकता हुने कुरा। अब त झन ब्यानर पनि अलग अलग रे। यसै प्रसंगमा नविन किशोर व्यंग्य गर्दै लेख्नुहुन्छ हो रैछ, हुन हुन लागेछ एकता त । नागरिकलाई बेबकुफ बनाउन यो भन्दा गतिलो उ...

थप पढ्नुहोस्