Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

359_Desh Paradesh 2019_05_14

कार्यक्रम देश परदेशको ३५९ औं अंक सरकारले खारेज गरिसकेका एजेण्टबाट भइरहेको ठगिमा केन्द्रित छ । सुनसरीका बीरेन्द्र सदालाई अहिले बन्द रहेको मलेसियाको रोजगारी खुलिसक्यो भनेर एजेण्टले ठगे । उहाँका कुरा कार्यक्रममा प्रस्तुत गर्नेछौं । एजेण्टबाटै ठगिएर न्याय खोज्दै वैदेशिक रोजगार विभाग आइपुगेको पीडित र उनीहरुलाई न्याय पाउन परेको समस्या बारेको रिपोर्ट अनि नियमित स्तम्भ दिदी बहिनीका कुरामा श्रीमान वैदेशिक रोजगारीमा जान जग्गा धितोमा राखेर ऋण लिँदा घरबार बिहीन हुने अवस्थामा पुगेकी दिदी सुनसरीकी रञ्जितादेवी खत्वेका पीडा सुन्न सक्नुहनेछ । अनि सधैंझैं वैदेशिक रोजगार गतिविधि र समसामयिक विषयवस्तु तथा तपाईंका रुचीका विषय समेटिएको राउण्ड अप पनि छँदैछ ।