गाजामा युद्धविरामका लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री सहमत

 चैत १७, २०८० शनिबार ९:८:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजामा युद्धविरामको लागि वार्ता गर्न इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सहमत हुनुभएको छ । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले गाजामा विनाअवरोध सहायता सामग्री पुग्ने सुनिश्चित गर्न इजरायललाई आदेश दिएलगत्तै प्रधानमन्त्री नेतन्याहूले नयाँ वार्ताका लागि सहमति जनाउनुभएको हो ।

गाजा युद्धविराम र बन्धक रिहाइका लागि आउँदो दिनमा कतारको दोहा र इजिप्टको कायरोमा नयाँ वार्ता हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

इजरायलले गाजालाई पूर्ण रूपमा घेराबन्दीमा पारेपछि गएको अक्टोबरदेखि गाजामा आवश्यक सामग्रीको अभाव हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया