सिरियाको एलेप्पोमा इजरायलको हवाई आक्रमण : सैनिक शिविरमा रहेका ३६ जनाको ज्यान गयो

 चैत १७, २०८० शनिबार १२:४:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सिरियाको उत्तरी शहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी इजरायलले हवाई आक्रमण गरेको छ । हिजो बिहानैदेखि भएको हवाई आक्रमणमा परी ३६ जना सिरियाली सैनिकको ज्यान गएको छ ।

सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो ।

बेलायतमा रहेको वाचडग समूहले उत्तरी एलेप्पोको ग्रामीण इलाकामा झण्डै तीन घण्टासम्म आक्रमण भएको जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 
 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया