चरम गर्मीका कारण गर्भमै शिशुको ज्यान जाने जोखिम दोब्बर : अध्ययन

 चैत १७, २०८० शनिबार १५:१३:६ | एजेन्सी
unn.prixa.net

एजेन्सी

गर्भवती महिला धेरै समय चर्को गर्मीमा बस्दा गर्भ खेर जाने जोखिम दोब्बरले बढ्ने नयाँ अध्ययनले देखाएको छ । भारतको दक्षिणी राज्य तामिलनाडूका आठ सय गर्भवती महिलालाई सहभागी गराएर गरेको अध्ययनले गर्भवती महिलाले चर्को गर्मीमा घण्टौं बिताउँदा गर्भमै शिशु मर्ने तथा गर्भ खेर जाने जोखिम बढ्ने देखाएको बीबीसीले जनाएको छ ।

प्रतिवेदनमा आमा हुन लागेका महिला लामो समय गर्मीमा काम गर्दा हुने जोखिम यसअघि अनुमान गरिएकोभन्दा धेरै बढी रहेको उल्लेख छ । चेन्नईमा रहेको 'श्रीरामचन्द्र इन्स्टिट्यूट अफ हाइअर एजुकेशन एन्ड रिसर्च'ले गरेको अध्ययन सन् २०१७ मा शुरु भएको थियो ।

'द गाम्बिया'मा गरिएको यसअघिको एउटा अध्ययनले पनि उच्च तापक्रमले भ्रुण अवस्थामै धड्कन उच्च हुने र रक्तसञ्चार सुस्त हुने पत्ता लगाएको थियो । प्रतिवेदनमा गर्भवती महिलालाई चर्को गर्मीमा काम गर्नुपरेमा बेलाबेलामा शितल छहारीमा गएर आराम गर्न र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खान सुझाव दिइएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया