भारतमा गहुँको भण्डार स्थिति अनिवार्य घोषणा गर्न सरकारको निर्देशन

 चैत १८, २०८० आइतबार ७:१९:३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारत सरकारले गहुँको भण्डारण स्थिति अनिवार्य घोषणा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । निर्देशनअनुसार गहुँको भण्डारण तथ्य/तथ्याङ्क साप्ताहिक आधारमा घोषणा गर्नुपर्नेछ ।

सरकारले भारतमा थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालकका बिक्रेता र व्यावसायीलाई अबको हप्तादेखि नै गहुँको भण्डारण स्थिति घोषणा गर्न आग्रह गरेको हो ।

यसरी गहुँको भण्डारण अवस्था घोषणा गर्नुको मुख्य उद्देश्य समग्र खाद्य सुरक्षा व्यवस्थापन रहेको उल्लेख छ । भारत सरकारले चामलका लागि पहिले नै यस्तो आदेश दिइसकेको छ ।

घोषणाअनुसार दर्ता नभएका संस्थाले अनिवार्यरूपमा दर्ता भई हरेक शुक्रवार गहुँ र चामलको भण्डारण जानकारी दिन शुरु गर्नुपर्नेछ । सरकारको खाद्य तथा सार्वजनिक वितरण विभागले गहुँ र चामलको मूल्यमा नियन्त्रण गरी देशमा सहज उपलब्धता सुनिश्चित गर्न निगरानी बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया