युक्रेनको सबैभन्दा ठूलो थर्मल पावर प्लान्ट मिसाइल आक्रमणबाट ध्वस्त

 चैत १८, २०८० आइतबार ९:१४:१ | एजेन्सी
unn.prixa.net

एजेन्सी

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा जमिभ्स्का थर्मल पावर प्लान्ट (टीपीपी) रुसी मिसाइल आक्रमणबाट ध्वस्त भएको युक्रेनी ऊर्जा उत्पादन कम्पनी सेन्ट्रेनेगोले जनाएको छ । गएको मार्च २२ तारिखमा मिसाइल आक्रमण भएको र प्लान्टको सबै एकाइलाई नष्ट बनाएको कम्पनीले जानकारी दिएको हो ।

प्लान्टका सहायक उपकरण पनि क्षतिग्रस्त भएका छन् । कामदारले अहिले साइटमा भग्नावशेष सफा गरिरहेका छन् । गएको मार्च २२ मा रुसले युक्रेनमाथि ८८ वटा मिसाइल र ६३ वटा ड्रोन प्रहार गरेको युक्रेनको दाबी छ ।

युक्रेनी अधिकारीले देशको ऊर्जा पूर्वाधारमा अहिलेसम्मको सबैभन्दा ठूलो आक्रमण भएको बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई हजार दुई सय मेगावाट क्षमताको जमिभ्स्का टीपीपी पूर्वी युक्रेनमा सबैभन्दा ठूलो विद्युत् उत्पादन प्लान्ट हो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया