भारतका विपक्षी गठबन्धनद्वारा सरकारविरुद्ध प्रदर्शन, भाजपाले चुनावमा धाँधली गर्न खाेजेकाे आराेप

 चैत १८, २०८० आइतबार १८:१७:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

अर्को महिना हुने चुनावमा धाँधली हुने जोखिम बढेको भन्दै भारतका विपक्षी गठबन्धन दलहरूले राजधानी दिल्लीमा प्रदर्शन गरेका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल भ्रष्टाचारको आरोपमा पक्राउ परेयता आयोजना भएको याे पहिलो विपक्षी प्रदर्शन हो ।

हजारौँ प्रदर्शनकारी सहभागी भएको र्‍यालीमा विपक्षी नेताहरूले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले देशका अनुसन्धान निकायहरूलाई प्रयोग गरी आफ्ना नेताहरूलाई पक्राउ गरेको र उनीहरूलाई चुनावी अभियानबाट रोक्न खोजेको आरोप लगाएका छन् । उनीहरूले भारत निरङ्कुशतावादतर्फ अघि बढिरहेको चेतावनी दिँदै त्यसलाई निन्दा गर्न र लोकतन्त्र र संविधानको रक्षा गर्न आफूहरू भेला भएको बताएका छन् ।

भारतमा आउँदो अप्रिल १९ देखि चरणबद्धरूपमा चुनाव हुँदैछ । विपक्षी कांग्रेस पार्टीलाई नियम मिचेको भन्दै कर विभागले २० करोड अमेरिकी डलरभन्दा बढी जरिबाना गराएको छ ।

प्रदर्शनमा बोल्दै कांग्रेस नेता राहुल गान्धीले विपक्षी दललाई जरिबाना, विपक्षी नेताहरूकाे पक्राउ, निर्वाचन आयोगमा आफ्ना मानिस नियुक्तलगायतका गतिविधि गरेर सत्तारूढ दलले चुनावमा 'म्याच फिक्सिङ' गरेको आरोप लगाउनुभयो ।

मत सर्वेक्षणहरूले आउँदो चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो पटक जित हासिल गर्ने देखाएका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया